काठमाडौं । गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको छ । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी छिन् । गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण सामग्री रहेको बताएकी छिन् ।

उनले लाईसेन्स र ब्लु बुक कसैले भेट्नु भएमा आफूलाई फेसबुकमा म्यासेज गर्नु हुन वा नजिकको प्रहरीमा बुझाइदिन अनुरोध गरेकी छन् ।

तपाईको प्रतिक्रिया