अभिनेत्री वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै छिन् । अन्नपूर्ण बेसक्याम्प पुगेकी अभिनेत्री वर्षाले तस्विर पोष्ट गरेकी छिन् । उनीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अन्नपूर्ण बेसक्याम्पको तस्विर सेयर गरेकी हुन् । निलो जिन्स पाइन्ट र मरुन रङ्गको ज्याकेटमा वर्षालाई निकै खुसी देखिएको छ ।

सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई वर्षाले तस्विरमा ट्याग गरेकी छिन् । उनले अन्नपूर्ण पुगेपछि मिसन पूरा भएको जानकारी पनि दिएकी छिन् । वर्षा केही महिना अगाडि सांगीतिक कार्यक्रम लिएर डेनमार्क, फिनल्याण्ड, नर्वे, जर्मनी लगायत विभिन्न यूरोपियन देशहरु पुगेकी थिइन् । भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यले वर्षाको टिमले कार्यक्रम गरेको हो ।Photo Source: Barsha Raut Facebook

तपाईको प्रतिक्रिया