काठमाण्डौ कार्तिक २० – आत्मा बिश्वास फिल्मस् प्रा.लि.को प्रस्तुतीमा गीता श्रीस मगरको साँगीतीक कोसेली “गाई चराउने वन” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । कात्तिक १९ गतेका दिन दुर्गा बिरहीको सभापतित्व र चन्द्र शर्माको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम सहित उक्त गीतको सार्वजनिक गरिएको थियो । कार्यक्रममा कुलेन्द्र बिक, कृष्ण आँशु, राजन भुजेल, झलक संगीतम, पिएन सापकोटा, सुजन लम्साल, भिमसेन खतिवडा, शोभा त्रिपाठी लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

बिमोचन कार्यक्रमलाई सञ्चारकर्मी राजकुमार रायमाझीले सञ्चालन गरेका थिए । उक्त गीतमा चर्चित गायक कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर, झलक संगीतमको एरेञ्ज रहेको छ भने दर्गा बिरहीको शब्द, संगीत रहेको छ । प्रस्तुति गीतको म्युजिक भिडियोलाई दुर्गा बिरहीले निर्देशन, आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पि.एन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको अभिनय हेर्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया