नवगायक गोपाल तामाङको सुमधुर स्वरमा रहेको गीत “बरी लै लै लै”को भिडियो यु ट्युबमार्फत दर्शकको रोजाइमा परेको छ ।
अशुसेन लामाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई केहि समय अघि ओ एस आर डिजिटलको अफिसियल यु ट्युबबाट रिलिज गरिएको थियो । गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडेल निरंजली लामा र गोपाल तामाङको अभिनय रहेको छ भने
युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको क्यामेरा र विकास दाहालको सम्पादन रहेको छ भिडियोको सह निर्देशन लोमस पौडेलले गरेका हुन। पहिलो गीत “बरी लै लै लै”को अडियो एबम म्युजिक भिडियोलाई दर्शकले मन पराइदियेकोमा खुसी व्यक्त गर्दै गायक गोपाल तामाङले अन्य गीतहरुको पनि अडियो र भिडियोमा बिशेष ध्यान दिएर बनाइने जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया