राजु बोहरा–काठमाडौँ । स्थायी घर दांग र हाल पर्चुगलमा रहेका गायक जे.बि ओलीले भर्खरै मात्र अर्को एक निकै घत लाग्दो गीतलाई सार्बजनिक गरेका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । जे.बि को सफल गीतहरु ठमेल बजारमा, दांग घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगाएका रहेका छन् । जे.बि को नै प्रस्तुतिमा फेरी पछिल्लो पटक बजारमा आएको गीत “सम्बन्ध” बोलको रहेको छ । यस गीतले बलियो प्रेम सम्बन्धमा अनायासै शंका उत्पन्न भएपछी त्यो शंकाको आगो निभाउन एउटा आगो र अर्को पानि बनेर सम्बन्धलाई बचाउन पर्छ भन्ने किसिमको प्रेमिल संदेश समाबेस गरिएको छ ।

अहिले सांगीतिक बजारमा केहि फास्ट बिटको गीत चलिरहँदा पनि जे.बि ले यो मन्द बिटको गीत बाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कोसिस गरेका छन् । उनले गत दिनहरुका प्रस्तुतिमा झैं यस गीतलाई पनि मन पराईदिनु भएर आगामी दिनहरुमा अझै कर्णप्रिय गीतहरु बजारमा ल्याउनका लागि उर्जा प्रदान गर्नुहुनेछ भन्ने बिश्वास पनि ब्यक्त गरेका छन् ।

प्रस्तुत गीतमा जे.बि ओलीलाई गायिका पूर्णकला बि.सी ले स्वरमा साथ् दिएकी छिन् भने लय शब्द गायक स्वयम् जे.बि ले नै भरेका छन् । गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतमलाई समझ्दारी प्रेमीको रुपमा उभ्याइएको छ भने पुजा पराजुलीको पनि “सम्बन्ध” नामक गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ । भिडियोलाई निर्देशन रेशम सापकोटाले गरेका हुन् भने छायांकन दिनेश मुस्कान र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई जेबि ओलीको आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया