आर पोखरेल, काठमान्डाँै ।
नेपाली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका लोक गायिका घना परियार र गायक डिजे प्रज्वल को आवाजमा मौलिक लोकदोहोरी गीत “आशुँ बेच्ने शहर “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर गीत तयार गरिएको छ । मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ । डिजे प्रज्वलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा “आशुँ बेच्ने शहर “ गीतको भिडियो तयार गरिएको छ । “आशुँ बेच्ने शहर “ गीतको भिडियोमा सारिका केसी र ओम छिनालको अभिनय रहेको छ ।

“आशुँ बेच्ने शहर “ गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया