मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज कुनै पनि नयाँ काम नथाल्नु होला । टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ । साथै, प्रेममा पनि धोका होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसंग पनि भेटघाट होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारीसाधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।

तपाईको प्रतिक्रिया