राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतहरुमा मौलिकतामा कतै दाग लागेको हो कि भन्ने श्रोता दर्शकहरुको गुनासो आइरहेको बेलामा पछिल्लो पटक रामशरण आले र भोजराज रखाल मगरको लोक दोहोरी गीत “बारीको बनमारा” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । बाजागाजामा आधुनिकता भएता पनि उक्त गीत सुन्दा त्यहि पुराना दिनहरुको स्मरण दिलाउने कुरामा शंका लिन सकिंदैन । यस्ता गीतहरु सुन्दा र हेर्दा कुनै सत्यनारायण को पुजामा सहभागी भएर प्रेमिल प्रसङ्गमा उपस्थित युवती संग दोहोरीको घम्साघम्सी भएको स्मरण बाट पनि टाढा रहन सकिंदैन ।

प्रस्तुत गीतमा रामशरण आले, भोजराज रखाल मगर र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय रामजी थापा मगरले भरेका हुन् भने शब्द उनै सबैको प्रिय बन्न सफल सर्जक तथा गायक रमेश श्रेष्ठले भरेका छन् । “बारीको बनमारा” बोलको गीतको म्युजिक भिडियोमा राज तामाङ्ग र प्रिती तामाङ्गको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । मोडल द्वय राज र प्रीतिले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा एकै साथ् अभिनय गरिसकेका छन् । उनीहरुको जोडी द्वारा अभिनित गीतको म्युजिक भिडियो हेर्न श्रोता पर्खाइमा रहने गरेका छन् ।

भिडियोलाई निर्देशन मोडल स्वयम् राज तामाङ्गले गरेका हुन् भने छायांकन मुकेश हुमागाईंले र सम्पादन प्रकाश एस.के ले गरेका छन् । गीतको म्युजिक भिडियोलाई ओ.एस.आर को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । हामी यस गीत संग सम्बन्धित समुप्र्ना कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया