मुम्बइ। अर्को वर्ष क्रिसमसमा रिलिज हुने अक्षय कुमारको फिल्म बच्चन पाण्डेमा कृति सेननको इन्ट्री भएको छ । फिल्म निर्माता साजिद नाडियावालाले ट्वीटरमा यसको जानकारी साझा गरेका हुन् । हालै यी दुईको फिल्म हाउसफुल ४ रिलिज भएको छ । हाउसफुल ४ ले बक्स अफिसमा २०० हरोडको कारोबार गरेको छ ।

साजिद नाडियावालाले फिल्म कास्टको बारेमा ट्वीट गर्दै लेखेका छन् ‘हाम्रो २०२० को त्रिसमसलाई अझै खुसी बनाउन कृति सेनन आएकी छिन् । परिवारमा स्वागत छ ।’ यसमा कृतिले पनि प्रतिक्रिया दिएर खुसी व्यक्त गरेकी छिन् । उनले आफू यो कमब्याकलाई लिएर निकै उत्साहित भएको लेखेकी छिन् । केही समयअघि बच्चन पाण्डेको फर्स्ट लुक जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया