राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा युवाबर्ग लक्षित बजारमा आएका लोक तथा दोहोरी गीतहरुले कतै लोक गीतको अस्तुतित्व मेटिने त होइन भन्दै लोक तथा दोहोरी गीतका असली श्रोता तथा लोक संगीतका बिज्ञहरु चिन्तित हुने गरेको देखिन्छ ।यसैलाई मध्यनजर राख्दै हामीले यस क्षेत्रको संरक्षण नगरे कस्ले गर्ने भन्ने किसिमको मनसाय बाट जागरुक समाज “जोश” सांस्कृतिक बिभागले “धासी पुर्बेली तेर्से भाका” सार्बजनिक गरेको छ । गीतको क्षेनिक आनन्द भन्दा पनि सदाबहार बन्नु पर्छ भन्ने मन्नेता पनि जागरुक समाज “जोश” सांस्कृतिक बिभाग चाहन्छ । त्यसैले जति सुनेपनि सुनिरहूँ जस्तो लाग्ने यो गीत बजारमा ल्याइएको निर्माण युनिट बताउँछ ।

प्रस्तुत गीतमा दिपक लाखे र कला राइको सुमधुर स्वर सुन्न सकिन्छ । जागरुक समाज “जोश” द्वारा नै शब्द तयार भएको यस गीतलाई लय भने दिपक लाखेले तयार पारेका हुन् । गीतको अडियोमा जति मौलिकता छ, त्यति नै भिडियोलाई पनि जिबन्त बनाउने कोसिस गरिएको छ । “धासी पुर्बेली तेर्से भाका” मा नारायण बाबु श्रेष्ठ, सावित्रा भुजेल, सुर्ज बहादुर श्रेष्ठ, दिनेश श्रेष्ठ, बुद्धिमान श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, हेम बहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सलाम सिंह श्रेष्ठ र धनकुमारी श्रेष्ठको सामुहिक अभिनय रहेको छ ।

भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन बिक्रम कार्की, सुरज खनाल र सम्पादन मनिष कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया