विश्व आज अमेरिकन सामराज्यवादको पेरीफेरीमा चलीरहेका छ भन्दा पनि फरक नपर्ला अर्को तर्फबाट उँदाउदो सूर्य वनेर हाम्रो छिमेकी राष्ट्र चीन आज विश्वमा आफ्नो आर्थिक सामाजिक राजनीतिक हैसियतलाई बढाउँदै अफ्रिका यूरोप अमेरिकन क्षेत्रमा समेत अगाडी बढीरहेको अवस्थामा नेपालमा पनि विस्तारै किरण देखिन थालेका छन् ।

उसले नेपालको विकासमा मात्र साझेदार वनेको छैन । उ संस्कृतिमा पनि साझेदार वनेको छ । उदाहरणको रुपमा चीनका विभिन्न संस्कृति वोकेका नगरहरु आज नेपालका विभिन्न नगरहरुका साझेदार वनेका छन् । नेपाली खाना चीनियाहरु विस्तारै मिठो मान्न थालेका छन् । यतिमात्र होइन नेपाली र चीनीया महिला र पुरुष विच विवाह हुने क्रम चलीरहेको छ, अर्कोतर्फ चीनीयाले राष्ट्रिय रुपमा मान्ने धर्म पनि नेपालबाट उत्पति भएको हो ।

भगवान गौतम वुद्धको जन्म स्थल लुम्वीनीमा चीनिया पर्यटक गुरु भिच्छु दिन प्रतिदिन आउने क्रममा वृद्धि भएको छ । चीनको वान बेल्ट वान रोड कनेक्टीभिटी अन्तर्गत काठमाण्डौ केरुङ्ग देखि लासा चीनको विशेष प्रान्त तिव्वतसम्म जोडिने क्रममा छ भने पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल २०२० को अन्त्य सम्म संचालनमा आउनेगरी चीनकै सहयोगमा वनीरहेको छ । नेपालको राजधानी सहर काठमाण्डौलाई सवारी चाप कम गर्ने गरी रिङ्गरोड बनीरहेको छ । पहिलो चरणको कार्य सम्पन्न भएको छ । कोटेश्वर कलंकी सम्म गाडी नै चलिसके भने चीनकै सहयोगमा नेपाल सरकारलाई हस्तान्तरण गरी सकेको छ । कलंकी देखि चक्रपथ हुँदै गोपीकृष्ण हल सम्मको दोस्रो फेजको काम सुरु हुँदैछ । अहिले रुख काट्ने, तार हटाउने काम भैरहेको छ भने निकट भविष्यमा नै यो रिङ्गरोड सम्पन्न हुँदैछ ।

तातोपानीमा सुख्खा वन्दरगाह निर्माण गरी सकेर रोड निर्माण गरी विभिन्न सामान आयात, निर्यात भैरहेको देख्न सकिन्छ । त्यतिमात्र होइन उसले यो सडकलाई अझ फराकिलो र सहज वनाउने भनिरहेको छ । दसैंको समयमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति आउनुले पनि प्रष्ट हुन्छ कि चीनले नेपाललाई कति महत्वका साथ हेरेको छ, चीनका पर्यटकहरु आगमनमा वृद्धि हुँदैछ । भारतले भने नेपालीलाई दुःख दिने काम जारी राखेको छ, चीनले गरीरहेको सहयोग उसले दिल्लीवाट दोसी चस्माले हेरीरहेको छ । कहिले नाकावन्दीको कालो दिन बर्साउँछ त कहिले सिमानामा आक्रमण गरी नेपालीलाई तड्पाउने काम मात्र गरीरहेको छ ।

कहिले पूर्वको ईलाममा सिमा अतिक्रमण गर्छ, कहिले पश्चिम नेपालको पुनर्वासमा आक्रमण गरी जनतालाई त्रसित बनाउने काम गरी कहिले कालापानीमा सिमा आक्रमण गरी दुःख दिन्छ त कहिले सुस्तामा, कहिले महाकालीमा टनकपुरमा वाँध वाँध्छ त कहिले कोशीमा डुवाउँछ । नेपाली जनतालाई दुःख दिने र उल्टै सिमानाका वासीन्दालाई कुट्ने र लुट्ने जस्ता कृयाकलापले नेपाली जनता आक्रान्त भैरहेको छ । १९५० को इस्ट इण्डिया कंपनिसँग अंग्रेजको र नेपालको विचमा भएको भनिएको असंवैधानिक नेपालको हित विपरितको सन्धिको बलमा हाम्रा भूमी मिचिएको छ । हाम्रा दाजु भाइको अकालमा ज्यान गएको छ । जुन कार्यबाट आज भारतलाई विश्वले नै घृणा गर्दछ । प्रजातन्त्रको ढ्वाङ्ग फुक्ने भारत असल छिमेकी नेपाललाई धृणित कार्य गर्दैछ । भारतको सिमा रक्षा गर्न गार्खाली अर्थात नेपाली पाकिस्तानसँग अग्र मोर्चामा लडी जिवन वलिदान गरीरहेका छन् ।

आज कस्मीर युद्ध होस् या लदाखको यूद्धमा नेपाली बीर सपूत नभएको भए पाकिस्तानले हिन्दुस्तानलाई पाकिस्तान बनाई सकेको हुन्थ्यो । जुन कुरा संसारलाई आज थाहा छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरीयासँग वार्ता गर्न सिंगापुरमा पुगे त्यहाँको सुरक्षा गोर्खालीले लिएको थाहा पाएपछि मात्र उनी वार्ताको टेवुलमा वसे । आज गोर्खाली विश्वलाई सुरक्षा दिदैछ तर विडम्वना नेपालका नेताहरुको आत्मविश्वासको कमीले आज हामी आफ्नो जन्मभूमी रक्षा गर्न सकिरहेका छैनौं । सिमाना रक्षा गर्न सकेका छैनौं । सिमाना आक्रमण गर्दा हाम्रो आमाको अस्मीता माथि आक्रमण गर्दा समेत के हेर्दैछ नेतृत्व र जिम्मेवारीमा वसेकाहरु ? नेता हुन देश चाहिन्छ देशै नरहे कहाँको नेता वन्ने हुन् ? धर्मगुरु नेता दलाई लामा भारतको धर्मशालामा लुकेर वसेका छन् । उनले लाउने देशको राजा घोषित गरेका जसरी नेपाली नेता पनि हुनेछ । त्यसैले विश्वमा छरिएर रहेका नेपाली दाजुभाइ दिदी वहिनी आमा वुवाहरुले आज देखि नै देशको लागि प्राण दिन तयार हुनुपर्छ ।

किनकी हाम्रो माटो देश पुर्खाको वलिदान रगत पसिनाले आर्जेको सम्पति हो । हाम्रो देश हामीलाई प्राण भन्दा प्यारो छ । हामी देशको लागि लड्नुपर्छ, हामीले विश्वका इतिहास खोतलेर हे¥यौं भने देश त्यसै वनेका छैनन् कोरीया युद्धको कुरा होस् या जापानी जनताको मेहनत सवै संसारका अति हृदयविदारक छन् । गोर्खाली सेना विश्वमा नै लोकप्रिय सेना हो । गोर्खाली भूमी संसारको तपोभूमी हो । भगवानको जन्म भूमि हो भगवान गौतम वुद्धको देशमा जन्मिए, हिन्दु धर्मका उत्पतिका विभिन्न इतिहास हामीसँग छन् । गोर्खालीले विश्व हल्लाएका छन् आजपनि हामी युवा अव देशको रक्षा र देशको लागि वलीदानी गर्नतिर लागौं । किनकी देश रहे पो हामी रहन्छौं । नत्र हामी हामीमा रहन्नौं । हामी सवै जनता देशका रक्षार्थ सिमाका पर्खाल वनाउन लागि परौं । बलभद्र र भक्ति थापा अनि पृथ्वी नारायण शाहको रगतले खारिएको बहादुर शाह जस्ताले जोगाएर राखेको मुलुकको रक्षाका लागि हामी सवै नेपाली जनता एक हौं जुटौं ।

उत्तर कोरियामा जस्तो सम्पूर्ण उमेर पुगेका र शारिरीक रुपमा ठीक जनतालाई सैनिक तालिम दिनुपर्छ । सरकारबाट योजना बनाउनुपर्छ लागु गर्नुपर्छ । चीनतिरका नाकामा अब प्रत्येक सक्षम नेपालीले बाटो बनाउने कार्यमा श्रमदान गर्नुपर्दछ । चीनतिरबाट रेल लगायतका पूर्वाधार निर्माण गर्नुपर्दछ । भारतको सामान विस्तारै कम आयात गरी स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्दछ । जलविद्युतमा लगानी जुटाई बिजुलीबाट चल्ने बस सवारी साधन चलाउनुपर्दछ । ग्याँसको सट्टामा बिजुली प्रयोग गरी खाना पकाउनुपर्दछ । हातहतियार सहितको सेना निर्माण गरी आफ्नो देशको सिमाना रक्षा गर्न योग्य बनाउनुपर्दछ । देशका लागि वलिदानी दिने र देशको लागि योगदान दिने जनताको भावनालाई कदर गर्नुपर्दछ । सिमानामा पर्खाल लगाउनुपर्दछ ।

ग्रेट वाल अफ नेपाल नाम दिनु राम्रो हुन्छ । भारतीयलाई भिसा लगाउनु पर्ने र हाम्रो देशमा आउने आप्रवासी शरणार्थीलाई उसैको देशमा फर्काउनु पर्दछ । भारतीयहरुको ज्यादती विरुद्ध हिमाल पहाड तराई एक ढिक्का हुनुपर्दछ । हाम्रो भूमिको रक्षा गनुपर्दछ । भ्रष्टाचार लुटतन्त्र चेलीवेटी वेचविखन अपराध नियन्त्रण गर्नुपर्दछ । यस्ता किसिमका विकृति भारतले सिकाएका कला हुन् त्यसैले हामी सवै नेपाली दाजुभाइ मिलेर वस्नुपर्दछ । नेपाली सेना विश्वको उत्कृष्ट सेना हो । सवैले हाम्रो देशको सेनाको सम्मान गर्नुपर्दछ । स–शस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सवै सुरक्षा अङ्गलाई जनतासँग समन्वय गरी हातेमालो गर्दै आधुनिक नेपाल समृद्ध नेपाल खुशी नेपाली बनाउनुपर्दछ । राजनीतिक दलको स्वार्थ भन्दा देशको हितमा हिड्नुपर्दछ । राष्ट्रिय सहमति सहकार्य गरी मित्र राष्ट्रहरुसँग सहकार्य गरी देश विरुद्ध लाग्ने तत्व र तीनका जासुस मतियार तथा सिमानामा हुने अतिक्रमण नियन्त्रण गरी नेपाल आमालाई बचाई राख्नु सम्पूर्ण विश्वका नेपालीको कर्तव्य हो । एक पटक फेरी जुटौं, उठौं, लडौं र गरौं ।

तपाईको प्रतिक्रिया