काठमाण्डौ मंगसिर १६ –  आज भन्दा दुई बर्ष अगाडि स्थापना भएको एस एस ओ जि अर्थात स्मुल सिङ्गिङ्ग ओपेन ग्रुपले कला र गला भएका प्रतिभावान व्यक्तिहरुलाई अनलाइन ( नेट्वोर्क ) मा सक्रिय गराई स्मुल अप्लिकेसनको माध्यम द्वारा एस एस ओ जि ग्रुपमा आबद्ध गराइ, जो प्रतिभा भएर पनि आर्थिक स्थिति कम्जोर भइ स्टुडियो सम्म गित रेकर्डिङ गराउन नसक्ने नवप्रतिभा हरुलाई गित संगीतको क्षेत्रमा अगाडि बढाउने उदेश्यले एस एस ओ जि ग्रुपले धेरै नवप्रतिभाहरुलाई अवसर दिइसकेको छ ।

समाजमा गरिब दु:खी असाहयहरुलाई सहयोग गर्दै सामाजिक कार्यमा पनि उतिकै सक्रिय रूपमा लागि परेर अहिले सम्ममा १५ लाख भन्दा धेरै आर्थिक सहयोग रकम क्यान्सर पीडित , मृगौला पीडितहरुलाई हस्तान्तरण गरिसकेको छ । एस एस ओ जि ग्रुपले भर्खरै मात्र बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर – सात निवास अपाङ्ग रमेश परियारको उपचारार्थ रु. पचास हजार आर्थिक रकम सहयोग गरिसकेको छ । उक्त रकम एस एस ओ जि ग्रुपमा आबद्ध सदस्यहरु बाट संकलन गरिएको हो ।

सहयोग उपलब्ध गराउने सदस्यहरुको नाम तल उल्लेख गरिएको छ । अभिषेक लिम्बू मलेसिया – रु १३०० हरि मगर मलेसिया -रु २३,८० खिम राज बोहोरा मलेसिया -रु २७०० करुणा शेर्पा मलेसिया -रु १३०० अशोक राई मलेसिया -रु.१३०० प्रबिन लामा साउदी – रु ५,२४१ सम्भु लिम्बू मलेसिया -रु २७०० रोश्री हेल्मु इजरायल -रु ३२०० रेखा तामाङ सिङ्गापुर -रु ३४०० सानोहा राई अमेरिका -रु.३,४१७ इन्दु राई कुबेत -रु २५०० परि राजपुत कुबेत -रु २००० सारा गुरुङ जापान -रु १५०० भवानी आङ्देम्बे पाँचथर -रु १००० किशु गुरुङ इजरायल -रु ५००० संजिप लिम्बू कोरिया -रु २८९३ एस एस ओ जि भिआइपी म्यानेज मेन्ट टिम Rs .१६,४७९ ।

सहायो हस्तान्तरण गर्दाको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया