राजु बोहरा–काठमाडौँ । स्थायी घर दोलखा जिल्ला भएर हाल काठमान्डौमा रहँदै नेपाली लोक दोहोरी गित संगीतको क्षेत्रमा संघर्ष गर्दै आएका अशिम कुमार कटुवाल र अक्षुतम कटुवालको प्रस्तुतिमा “कति मुया रेलिमै” बोलको गीत भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ । गीतको म्युजिक भिडियोमा निकै चर्चित अनुहार हरु देखिएका छन् । अक्षुतम कटुवाल र करिश्मा ढकालको अभिनय रहेको “कति मुया रेलिमै” बोलको गीतमा अशिम कुमार कटुवाल र आधुनिक गीतमा सर्वाधिक रुचाइएकि गायिका पुर्णिमा लामाको सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुस गीतले आफ्नो सांगीतिक यात्रालाई थप उचाइमा पुर्याउने कुरामा ढुक्क रहेको निर्माण युनिट बताउँछ । गीतलाई लय चर्चित गायक तथा शर्जक बाल कुमार श्रेष्ठको रहेको छ भने शब्द सिर्जना प्रतिभावान कलाकार अशिम कुमार कटुवाल कै रहेको छ ।

आफ्नै कला संस्कृति र मौलिकता लाई ध्यानमा राखेर तयार पारिएको गीतको म्युजिक भिडियोले पनि अशंख्य दर्शकहरुको मन जित्ने आशा राख्दै गायक अशिम कुमार कटुवालले यस गीतलाई सबै माझ पुर्याउन शेयर गरेर साथ दिनुहुन अनुरोध गरेका छन् ।  राज तामाङको नृत्य निर्देशनमा रहेको भिडियोलाई छायांकन सागर गौतम, मेकअप मोहन लामा, निर्देशन नारायण मगर र सम्पादन प्रकाश एस.के ले गरेका छन्

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया