काठमाडौं । नायका करिश्मा मानन्धर सामाजिक संजालमा निकै सक्रिय हुने नायिका हुन् । उनी आफूलाई चित्त नबुझेका कुरा सामाजिक संजालमा लेख्ने गर्छिन् । बुधबार मात्रै उनले सामाजिक संजाल फेसबुकमा आफूले भोगेको घाम, पानी, भोक तिर्खाको बेमतलब भन्दै प्रश्न गरेकी छिन् ।

उनले बुधबार चलचित्र सम्बन्धी एक अन्तक्र्रिया कार्यक्रममा सहभागी भएर फर्किएपछि सामाजिक संजालमार्फत आक्रोश पोखेकी हुन् । उनले लेखेकी छन्, ‘एक वक्ताले के भन्नुभयो भने सिनियरहरु भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० वर्षको छ । तर, म मान्दिन ।’ ती वक्ताले चलचत्रको इतिहास १० वर्षको मात्रै भएको बताएको करिश्माको भनाई छ ।

करिश्माले आक्रोशित हुँदै प्रश्न गरेकी छन्, ‘त्यसो भए के हामी अस्तित्वमा थिएनौ ? हामीले भोगेका घाम, पानी, भोक तिर्खाको बेमतलब ?’ उनले अगाडि प्रश्न गरेकी छिन्, ‘म पनि चलचित्र क्षेत्रमा लागेको ५० वर्ष पुगेको छैन । अनि के म चलचित्रको इतिहास ३० वर्षको मात्रै हो भन्नु ?’

उनले १० वर्षदेख उत्कृष्ट चलचत्र बन्ने गरेको बताए पनि औंलामा गन्न सक्ने उत्कृष्ट चलचित्र थोरै मात्र भएको बताएकी छिन् । साथै ९० र २००० को दशकमा उदय भएका चलचित्रका हल मालिक, वितरक र निर्माताहरुले नै अहिले पनि राज गरिरहेको उल्लेख गरेकी छिन् ।

तर, उनले कसमाथि यो आक्रोश पोखिन् । त्यो नाम भने खुलाएकी छैनन् ।

तपाईको प्रतिक्रिया