यतिबेला पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीको पनि विवाहको चर्चा बढ्दो छ । सामाजिक सञ्जालमा उनले प्रेम खुलाउनुलाइ विवाहको संकेतको रुपमा हेरिएको छ ।

बिहीबार ऋचाको रिसेप्सन पार्टीमा पुगेकी उनले आफुलाई जाडो महिना मन नपर्ने भएकाले मंसिरमा विवाह नगरेको बताइन् । अहिले उनी सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छिन् ।

‘अहिले मलाई धेरैले विवाह कहिले गर्छौं भनेर सोधिरहेका छन् । सम्भवतः यो वर्ष हुँदैन । अर्को वर्षको बैशाख र जेठभित्र हुनसक्छ । तर, अहिले नै कुनै निश्चित भने भैसकेको छैन ’ मलिनाले पात्रकारको जिज्ञाषा मेटाउदै भनिन् ।

सन् २०११ मा मिस नेपाल बनेकी मलिनाले फिल्म ‘ऋतु’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने उनी प्रेमी सुशान्तसँग रमाएका तस्विरहरु सामाजिक सञ्जालमा प्रायः दैनिक पोस्ट्याउने गर्दछिन् ।

तपाईको प्रतिक्रिया