गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा आज पोखरामा गुरुङ भाषा विज्ञान सम्बन्धी एकदिने प्रशिक्षण तथा १२औं नियमित रचना वाचन कार्यक्रम सम्पन्नभएको छ ।

मानव शास्त्री पोलबहादुर गुरुङले गुरुङ जातिले बोलिने भाषा भाषा विज्ञानको दृष्टिकोणबाट हेर्दा कतिको वैज्ञानिक र व्यवहारिक छ भन्ने विषयमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
साथै उहाँले प्रशिक्षणको दौरानमा खास गरि तमू भाषामा गीत लेख्ने, कविता लेख्न इतिहास लेख्ने आदि सर्जकहरुले विज्ञानसम्मत भाषाको प्रयोग गर्ने कोशिस गरेमा आउने पुस्ताले त्यसलाई हेरेर पढेर सही बाटो औल्याउन सकिने समेत बताउनुभयो ।

करिब ४५ जना प्रशिक्षर्थी सहभागि रहेको कार्यक्रममा सहभागिहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रमा मञ्चको १२औं नियमिति रचना वाचन समेत सम्पन्न भएको छ । कार्यक्रममा मिनबहादुर गुरुङ, मिरा गुरुङ, कञ्चन गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ, तेजबहादुर गुरुङ, तुलबहादुर गुरुङ, जसु गुरुङ, शान्ति गुरुङ, रोशनी गुरुङ, गौरी गुरुङ लगायतले रचना वाचन गर्नुभएको थियो ।

गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने उपाध्यक्ष रोशन गुरुङ स्वागत मन्तव्य र महासचिव रोशनी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया