राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतका लागि संघर्सरात नाम बालकुमार श्रेष्ठ, जसले बिगत लामो समय यात नेपाली गित संगीतको क्षेत्रका लागि अमुल्य योगदान गरिसकेका छन् । कलाकार भएर मैदानमा उत्रिए पछी आफ्नै कला संस्कृति र मौलिक परम्परालाई पनि भुल्न नहुने भन्दै हुनले आफ्नै गाउँ ठाउँ र परिवेशलाई बचावट गर्ने गित संगीत पनि नेपाली गित संगीतका दर्शक श्रोताहरु माझ ल्याइसकेका छन् । यो मात्र नभई गित संगीतको ब्यवासाहिकता लाई पनि ध्यानमा राखेर बालकुमारले आधुनिक समय लक्षित लोक तथा दोहोरी गीतहरु पनि प्रकासनमा ल्याइसकेका छन् । सोहि क्रममा उनले पछिल्लो समय एक निकै मन छुने गीतमा आफ्नो कर्णप्रिय स्वर मिश्रण गरेर सार्बजनिक गरिसकेको अवस्था हो । उक्त गित चन्द्र सुर्य फिल्म्स प्रालिले बजारमा ल्याएको “विधाता” बोलको गीत हो । यस गीतमा नेपालको सांगीतिक क्षेत्रका लागि अत्यन्त महँगी गायिका भनेर चिनिएकी बिष्णु माझी र बालकुमार श्रेष्ठको सुमधुर स्वर रहेको छ । सुर्य चन्द्र फिल्म्स प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाली र सारिका के.सी को जिबन्त अभिनय रहेको छ । सयाद भाग्यमा लेखिएको कुरा पाइँदो रहेनछ क्यारे ! त्यसैले पनि तिमीलाई नपाउनु मेरो दोष होइन ! विधाताले लेखेको मात्र पाइन्छ भन्ने किसिमको भाव समाबेस गरिएको यस गीतलाई लय बालकुमार श्रेष्ठ र शब्द शुष्मा थापाको रहेको छ ।यस गीतको म्युजिक भिडियोलाई एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिष्णु शर्माको रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया