राजु बोहरा–काठमाडौँ । निकै प्रतिस्पर्धात्मक छ अहिलेको साङ्गितिक बजार , दिनहुुँ सयौं को संख्या मा गीतहरु बजारमा आइरहेका छन , ती मध्य केही ले स्थान पाउँछन् भने केही हराएर जान्छन ।नेपाली गीत सङ्गीत चाहे त्यो आधुनिक होस , दोहोरी होस, पप होस या अन्य आफ्नै लय अनि पहिचानमा अगाडि बढिरहेका छन । तर अहिलेको बजार अनि पुस्ता ले पक्कै पनि केहि नयाँ अनि फरक स्वाद गीत सङ्गितबाट लिन चाहान्छन् । बजार अनि नयाँ पुस्ताको मागलाई मध्यनजर गर्दै नेपाली दर्शक स्रोतालाइ केही फरक आभास दिने उद्देश्य का साथ प्रमोद बिश्वकर्मा ले “जिन्दगीको भर हुँदैन” नामक विल्कुलै फरक गीत बजारमा ल्याएका छन । निकै मेहनत अनि लगानीका साथ निर्माण गरिएको गीतमा चिर परिचित नाम सबैकी प्रिय गायिका अन्जु पन्त अनि आशा लाग्दा नव गायक भक्त बिश्वकर्मा को आवाज रहेको छ भने गीतलाइ मिठा शब्द अनि संगीत ले सिंगार्ने काम पदमराज बिक ले गरेका छन । नेपाली गीत सङ्गितको स्तरलाइ अझै मजुबुत बनाउन यो गीतमा कुनै कम्प्रोमाइज नगरिएकोले र अलि फरक गीत भएकोले गीत सबैले मन पराउने निर्माता प्रमोद बिश्वकर्माले बिश्वास ब्यक्त गरेका छन् । चार जना उत्कृष्ट मोडल( चन्दा दाहाल, अन्जली अधिकारि , रिना थापा मगर ,करिश्मा ढकाल) र शंकर बिसि को अभिनय रहेको उक्त गीतमा शंकर बिसिको निर्देशन , दुर्गा पौडेल को छायांकन र नवीन घर्ती मगरको सम्पादन रहेको छ । आधुनिक डान्सिङ pattern मा बनेको गीतमा बि.बि. अनुरागी को music arrangement रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया