राजु बोहरा–काठमाडौँ ।
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा दोलखा जिल्लामा जन्मिएर हाल भक्तपुरमा बसोबास गर्दै आएका हिमाल के.सी ले फेरी अर्को एक रोमान्चक गीत बजारमा ल्याएका छन् । उनले यस अगी पनि लोक तथा दोहोरी गीत लगाएत आधुनिक गीतमा पनि आफ्नो कर्णप्रिय आवाज भरिसकेका छन् । अहिले उनले बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत “बिग्रिएका केटा केटि” यो गीत बजारमा ल्याएका हुन् । जिउडाल हेर्दा कुनै चलचित्रको नायक जस्तो देखिने उनि समय र दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेर कलाकारहरु सांगीतिक क्षेत्रमा अगाडी बढ्नु पर्ने आजको आवस्यकता भएको बताएका छन् । हिमालको प्रस्तुतिमा बजारमा आएको “बिग्रिएका केटा केटि” बोलको गीतमा हिमाल के.सी र मनु थामीको सुमधुर स्वर रहेको छ । यस गीतमा लय शब्द काँठ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएका गायक उद्धब घिमिरेको रहेको छ । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, त्यसैले यस्तै पेरिफेरीमा रहेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निकै दमदार बनेको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत प्रकासनमा ल्याइएको भिडियोमा शंकर बि.सी र करिश्मा ढकालको जोड्दार नृत्य सहितको अभिनय रहेको छ । भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया