काठमाडौं, माघ २५ – दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र इरिक गिरीले गाएको “म परे झापाली” बोलको गितको युटुव मार्फत प्राप्त रोयल्टी बापतको २० हजार २०० रुपैयाँ सहयोग गरेका छन ।उनीहरुले सो रकम जलजलालाई आफनै हातबाट हस्तान्तरण गरेका हुन । ‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन । उनको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय कलाकार का साथै विभिन्न कार्यक्रमको आयोजना गरेर सहयोग रकम संकलन गर्ने अभियान जारी रहेको छ । जलजला जस्तो सुमधुर आवाजकी धनि गायिकाको उपचार गर्नको लागी आफुले सानो रकम सहयोग गर्न पाउदा खुशी लागेको गायिका जुनाले बताइन । साथै उनले जलजलामा भएको पिडालाई कम गर्नको लागी र उनको उपचारमा सहयोग गर्नको लागी पनि सम्पुर्ण नेपाली मनहरुमा गायिकाले अपिल गरेकी छन ।

तपाईको प्रतिक्रिया