काठमाडौँ फागुन १ – बिगत केहि समय यता संगीत सरोबरको लाइक पेज मार्फत हरेक रातको ९ बजे देखि ११ बजे सम्म एक सांगीतिक कार्यक्रको प्रसारण भैरहेको छ । यसरी प्रसारण भैरहेको कार्यक्रमलाई नियमित रुपमा अबलोकन गर्नु हुने धेरै प्रबासी नेपालिहरु एकबद्ध भएर समाजमा हामी युवाहरुले केहि उल्लेखनीय काम गर्नु पर्छ भनेर एस एस प्रबासी युवा समूह नामक एक समुहको स्थापना गरेका छन् ।

उक्त समुहले मृगौला पिडित, क्यान्सर पिडित लागएत कुनै पनि भैपरी आउने समस्या बाट आर्थिक अभावको कारण कसैले पनि छटपटिन नपरोस् र हामि सबै प्रबसिका लागि पनि विभिन्न समस्या बाट मुक्ति मिलोस् भन्ने उदेस्यले एउटा कोष समेत स्थापना गरेको छ । यसै समुहले गत केहि महिना अगाडी रुकुमका क्यान्सर पिडित पृथ बहादुर खत्रीका लागि रु २८११० समेत सहयोग गरेर आफ्नो उल्लेखनीय कामको शुभारम्भ गरिसकेको छ ।

साथै आजै मात्र काठमाडौँको अनामनगर स्थित सम्बाद डबलीको हलमा सिन्धुपाल्चोकका मृगौला पिडित एक बहादुर श्रेष्ठ ज्युलाई उपचार सहयोग स्वरूप रु ४००३५ सहयोग उपलब्ध गराएको छ । उक्त रकम समुहको तर्फबाट रु ९५०५ र समूह कै सक्रियतामा शंकर खड्का रु ३५०० नारायण गिरी रु १००० शेर बहादुर बुढाथोकी रु १९०० दावा लामा रु १५०० तारा देबी राई रु १००० नितु गुरुङ रु २००० आङ दामु शेर्पा रु ५००० रेश्मिराज अधिकारी रु १००० रुपचन्द्र ब्यसाहारा र साथीहरुको तर्फ बाट रु ९६३० प्रमिला पौडेल रु ३००० र दिपक भट्टको तर्फ बाट रु १००० गरेर जम्मा ४००३५ संकलन भएको हो ।

यसरी एस एस प्रबासी युवा समुहको सक्रियतामा संकलन भएको उक्त रकमलाई संगीतकार झलक संगीतम सहित पत्रकारहरुको उपस्थितिमा संगीत सरोबरका संचालक राजु बोहरा द्वारा पिडित एक बहादुर श्रेष्ठको हातमा हस्तान्तरण गरिएको हो । पिडित एक बहादुर श्रेष्ठको यथार्थता लाई केहि समय अगाडी संगीत सरोबरको लाइक पेज मार्फत प्रसारण गरिएको थियो । एक बहादुरको अनुसार अन्य दयालु भाव भएका नेपालीहरुले आफु बाट जति सकेको सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

५५ बर्षीय एक बहादुर श्रेष्ठको नाममा रहेको उनलाई सहयोग गर्नका लागि नेपाल इन्भेस्टमेन्ट बैंक सुर्य बिनायाक शाखाको खाता नम्बर ००२०५०८०३२२२५६ र ग्लोबल आई एम इ बैंक चाबहिल शाखाको ३७०७०१०००४८६५ रहेको छ, साथै ९८४३२६९४२० मा पनि सिधै सम्पर्क गरेर सहयोग गर्न सकिने छ । स्मरण रहोस एस एस प्रबासी युवा समुहले आगामी दिनहरुमा पनि यसरी आर्थिक अभावको कारण छटपटिनु परेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया