प्रिय अस्मी
मुटुभरिको माया अति असीम सम्झना
अस्मी दिनको व्यवस्तताले गर्दा धेरै वर्षपछि तिम्रो सम्झनाले सताएर आयो । खैं विगतका दिनहरु कसरी व्यतित भए आज एकाएक सम्झनाले भुमरीबाट तिम्रो त्यो निश्चल मुहार यी नयनबाट टाढा जान खोजेनन् । अतीतका स्मृतिका हरेक पल र कोशेलीले अझ स्मृतिमय बनाएर छाड्यो । शरीरका हरेक अंगहरुमा झनझनाहट बनायो । मस्तिष्कले पुरा जीवनको स्मरण गरायो । अझ ती मनमोहक यात्राले कतै अछुत राखेन । यस्तै–यस्तै कल्पना र यथार्थबाट जीवन व्यतित भएको छ ।
हो अस्म, अहिले प्रणय उत्साह चलेको छ । विगतका ती क्षणहरु कति सजिलै व्यतित हुन्थे तर अहिले विगतलाई स्मणर गरेर मात्र दिन धकेल्न बाध्य भएको छु । सम्झना र कल्पनाका यी कष्टपूर्ण दिनहरु आलोे घाउका स्वरुप बनेका छन् । समय बुझन नसक्नु र समयलाई बेवास्ता पार्नुले आज यो परिणाम साथैमा रहेको बुझेको छु । पुराना दिन र अलिहेको दिनहरुमा धेरै फरक छ । दिन महिना र वर्षहरु कहा“ पुगे कहा“ तर वास्तविक माया भने मुटुभरि बनेर बस्दो रहेछ । अझ अस्मी ती तिम्रो हातबाट प्राप्त कोशेलीले मलाई नै गिज्याए जस्तै लाग्छ आखिर किन ? कति नै भुल्ने प्रयत्न भए ती सबै कोरँमात्र रह्यो । प्रणय दिवसले गर्दा पनि हो कि ? अझ मायाका नयन स्वरुपहरु अकुंराए झैं भएको छ । सायद ऐले छातीभित्र पसेर हेर्दा पनि तिम्रै आकृति छ कि त्यही तिम्रो सुन्दर आकृतिले मेरा रक्तबाहिनी नलीहरु संचार भएका छनकि यस्तै यस्तै भान भएको छ । विगतको यो आत्मघाती घटना कति नै भुल्ने प्रयत्न गर्दा पनि झन आलो बनेर कदम–कदममा का“डा जस्तो बनी घोचिरहन्छन् । बास्तवमा यस्तै गरी जिवनको इतिश्री हुने हो र ? कसले दिन्छ जवाफ अस्मी ।
अन्त्यमा बाध्यताले गर्दा यो पत्र लेखनमा केन्द्रित भए । अन्य माध्यमको प्रयोगबाट असफल भएपनि आज प्रेम दिवसको समयलाई पर्खाइमा राखेर मेरो प्यार बांड्न सफल भएको छ । तिम्रो सुखद जीवन अझ फूलबारी जस्तै बनाए । कालान्तरसम्म पनि सुखसयलको जीवन व्यतित भइरहोस जनम जनमको शुभकामना, शुभकामना
राजन पौडेल ‘क्षितिज’

तपाईको प्रतिक्रिया