राजु बोहरा–काठमाडौँ ।

बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रितम पोखरेलको रोमान्चक लोक दोहोरी “टाईनतुइनको पिरती” बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ । मान्छे जन्मिछ हुर्किन्छ र योबन अवस्थामा पुगेपछि उस्लाई अनेकौं चाह हरु बढ्दै जान्छ । सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा “टाईनतुइनको पिरती” लाइएछ भन्ने महसुस भएको छ । प्रस्तुत गीतमा लय तथा शब्द सिर्जना प्रितम पोख्रेलको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शंकर बि.सी , सुरज चापागाई (बान्द्रे), काजल पोख्रेल कृपा कार्की (रानी) र रबिन परियार आकर्षक अभिनय रहेको छ । “टाईनतुइनको पिरती” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया