विवेक लोप्चन ‘विदित’ काठमाडौ /
डाँडापारिबाट एक्लो नोमिनटेडमा परेका गायक रमित लामाले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड न्यु बेस्ट सेलो गायकको रूपमा अवार्ड जित्नुभएको छ । प्रबासमा रहेर पनि साङ्गितिक क्षेत्रलाइ निरन्तरता दिने लामा काभ्रेको डाँडापारिबाट हिमालयन म्युजिक अवार्डमा नोमिनेशनमा परेका एक्लो गायक हुन । लामा गायक एबम सङ्गितकार हुन।डाँडा है पारी बोलको गीतबाट उहाँले अवार्ड हात पारेको हो। “आज म धेरै खुसी छु । संगीतिक छेत्रमा एउटा जिम्मेवारी थापेको महासुस गरेको छु जति जना ले मलाई भोट गरेर साथ दिनु भो धेरै धेरै धन्यवाद तपाई सम्पूर्ण लाई । यस्तै माया सधै पाउँ । अज्ज राम्रो गित संगीत लिएर तपाई हरु सामु आउने छु धन्यवाद ।”उहाँले बताउनु भयो गीत सङ्गितमा सधै चम्किरहोस ,सबैको मन मुटुमा बस्न सफल रहुन गायक रमित लामालाई हार्दिक बधाई एंव साङ्गितिक यात्राको शुभकामना

तपाईको प्रतिक्रिया