राजु बोहरा–काठमाडौँ ।

म्याग्दी जिल्लामा जन्मिएकी म्याग्देली चेली गायिका कोपिला छिनाल आज बैबाहिक बन्धनमा बाँधिएकी छिन् । करिब पाँच बर्ष यता यस क्षेत्रमा समर्पित उनि सुर्खेतका मनोज बाख्खोले संग बैबाहिक बन्धनमा बाँधिएकी हुन् ।लगभग २०० भन्दा माथि गीत संगीतमा आफ्नो आवाज सजाएर अशंख्य संगीत पारखी श्रोता एवं दर्शकहरुको उच्च रोजाई बनेकी कोपिला छानालको अबको सांगीतिक भबिस्य कस्तो होला त ? बिबाह पश्चात सबैको कौतुहलता हुन सक्दछ । तर उनको जिबन साथी मनोज बाख्खोले पनि नेपाली गीत संगीत कै मोडलिंग क्षेत्रमा लागेको हुनाले एक अर्काको भावनाको कदर गर्दै अगाडी बढ्नेमा ढुक्क रहन सकिन्छ । मनोजले अहिले सम्म ३ गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हामी गायिका कोपिलाको सफल दाम्पत्य जिबनको शुभकामना ब्यक्त गर्दछौं । कोपिला द्वारा स्वर बद्ध काफलको बोटमा अम्बा फल्दैन बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया