विराटनगर , फागुन ११
नेपाली सागितिक क्षेत्रमा पछिल्लो समय निकै सफल रचनाकारका रुपमा पछिल्लो पटकको ब्यस्त युवा गीतकारमा पर्छन् खोटाङको बाह्र पोखरी वार्ड ४ इन्द्र दाहाल शिशिर । गीत लेखन यात्राले उनलाई ग्रमिण गाउँ देखी सुविधा सम्पन्न ठाउँ काठमाण्डौसम्म डो्यायो उनलाई । आफनो डायरीमा सिमित रचनालाई आम दर्शक तथा श्रोता माझँमा पुयाउनको लागी आफुले धेरै सधर्ष गरेको इन्द्रले इन्टरटेन्मेन्ट खवर सगँको कुराकानीमा बताए । कतिपय अवस्थामा आर्थिक अभावकै कारण उनले आफनो रचनालाई बाहिर निकाल्नको लागी अरुको आसमा बस्नुपर्ने अवस्था रहेको सुनाए । उनको पहिलो रचना पश्चात उनको गीत लेखन यात्रामा नयां मोड शुरु भयो ।
यसपछि उनको ब्यस्तता पनि उत्तिकै बढ्यो । हालसम्म उनले एक सय बढि गीत लेखिसकेका छन् साथै लय सिर्जना गरिसकेका छन । गीतकार इन्द्रले आफूलाई राम्रो गीतकारको रुपमा उभ्याउन सफल भएका छन् । उनको बगो आँसु भेल,हाम्रो चोखो माया,केभुल भो मबाट,सम्झानालाइ केदिउ चीनो, सिउदो, मुटु रोगीछरे, जाजर्काेटे ठिटो मायामा धोक्कापायछी ,लगायत दर्जनौ गित बजारमा आइसकेका छन । गीत बेचेरै जीवनयापन गरिरहेका गीतकारले गजल र भजन बाहेक सबै विधालाई समेटेको पाइन्छ । उनको गीत गाएर अरु चर्चित भए पनि उनि भने गुमनामझै छन् । उनै गुमनाम लोक सष्टा इन्द्र दाहाल सगँ सहकर्मि साथी रोशन पोखरेलले गर्नुभएको कुराकानीको अंश

इन्द्र जी यहाँलाई स्वागत छ इन्टरटेन्मेन्ट खवरमा

धन्यवाद तपाईले पनि मलाई आफना भनाई राख्नको लागी तपाईको लोकप्रिय अनलाईन मार्फत मेरो बारेमा जानकारी दिनको लागी निम्ता गर्नुभएको मा

हाल के मा ब्यस्त हुनुहुन्छ नी ?
गित संगितमा नै क्रियाशिल रहेको छु , त्यसका अलवा आफनो जिवन सञ्चालन गर्नको लागी सानो रोजगारमा आवद्ध रहेको छु ।

नेपालमा गीत लेखनको अवस्था कस्तो छ ?

गीतसंगीत को अवस्था हाल सोचे जस्तो अलिक रहेको छैन । यहाँ विभिन्न खालका चुनौतिहरु रहेका कारण संगीत कर्ममै लागेर वा गित संगित लेखेरै जीवनयापन गर्ने स्थिती बनिसकेको छैन ।

राज्य व्यवस्था परिवर्तनसँगै नेपाली साँगीतिक क्षेत्रमा पनि विकास त भएको छ नि हैन ?

धेरै भएको छ । एक मात्र रेडियो नेपालको विकल्पमा थुप्रै व्यवसायिक मिडियाहरुको एफएम रेडियो अनलाइन लगायतको िविकास भएको छ । अहिले गीत बिक्री हुन्छ । यसबाट गीत लेखन पनि व्यवसायिक हुँदै गएको छ । तर, अझ धेरै गर्न बाँकी छन् । एउटा गीतकार आफ्नो क्षेत्रबाट बाँच्नसक्ने स्थिती भने बनिसकेको छैन । सष्टाको लागी निकै मेहनत र कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

गीत बेच्ने कुरा गर्नुभयो । कमाई कस्तो छ ?
कमाईको कुरा गर्दा लाज लाग्छ । त्यस्तो कुरा नगर्नुहोस् । गीत लेखेर कति नै कमाई हुन्छ र । एउटा गीतको त्यस्तै दश एघार हजार जति पाइन्छ । मुश्किलले । यहाँभित्र पनि विभेद छ । गीतकारबाट दश हजारमा किनिएको गीतको लाखौंमा भिजुअलाइजेसन हुन्छ । हामीभित्रै पनि विभेद छ । जसोतसो बांचीएको छ शहरमा त्यस्तै भन्नुभयो ।

पछिल्लो समयमा भइरहेको गीतसंगीत क्षेत्रको विकासलाई कसरी हेर्नुहुन्छ ?

शौखको हिसाबले यो क्षेत्रमा प्रवेश गर्नेहरुको लहर धेरै रहेको छ । शौखका हिसाबले भएको लगानी उठाउन खोज्दा सामाजिक उत्तरदायित्वबोध हराउँदै गएको छ ।

अबको यात्रा कहिलेसम्म जारी राख्नुहुन्छ ?
मेरो गीत लेखनको यात्रामा मिठो भन्दा तितो अनुभव बढि कुराहरु हुन्छन् । रहर र लहरले गीत लेख्न थालेकाले यो क्षेत्रबाट अव बाहिरिन सक्दिन । बांचुञ्जेल राम्रा–राम्रा गीत सृजनामा तल्लीन भएर लाग्नेछु ।

हवस्त आफनो अमुल्य समय दिनुभयो त्यसका लागी धन्यवाद ?

रोशन जी तपाईले पनि मेरो मनभित्र रहेका तितामिठा भावनाहरुलाई तपाईको लोकप्रिय अनलाइन मार्फत आफनो भावनाहरु राख्न दिनुभयो त्यसको लागी हृदय देखी नै धन्यवाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया