काठमान्डौँ, फागुन १२,देवी म्युजिक सोलुसनको प्रस्तुतिमा सागर धितालको लोकदोहोरी गित भाग्य म्युजिक नेपालको युटुव मार्फत बजारमा आएको छ । नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको विभिन्न जिवनका भोगाइका कारुणिक भावहरुलाई आफनो आवाजको माध्यम बाट समेटने क्रममा सुरज लामिछानेको शब्द तथा संगितमा सो गित बजारमा आएको हो । नेपाली संगितको क्षेत्रमा लोकदोहोरीको भुमिका निकै ठुलो रहेको छ । दुख र सुखका भोगाइहरुलाई गितको माध्यमबाट पोख्ने अझैपनि गाउँघरमा पोख्ने गरिन्छ । गायक सागर धिताल र गायिका तुलसी धर्तिको सुमधुर आवाज गितमा रहेको छ । मानिसको भाग्य कस्ले लेख्छ र कसैको पिडा लाई कसैपनि देख्न सक्दैन भन्ने अनुभव साटिएको छ । “भाग्य” गितको भिडियोमा मिलन क्षेत्री र चेतनाको निकै उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन रहेको छ । सागर गौत्तमको छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।

“भाग्य” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया