काठमान्डौँ , फागुन १५

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो क्षेत्र हो जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकार हरुले यसैको माध्यमबाट धेरै अवसरहरु पनि पाईरहेको हुन्छ। तर ग्लायमर क्षेत्रलाई लिएर समाजमा नकारात्मक भावना पनि रहेको पाईन्छ । तर पछिल्लो समयमा नयाँ युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफलपनि भैरहेका छन । यसै मध्येकी हुन गोरखा पुख्यौली घर भई काठमाडौ मा जन्मेकी अहिले काठमान्डौँमै बसेर मोडलिङ तथा म्युजिक भिडियोमा निकै ब्यक्त मोडल करिष्मा ढकाल । निकै छोटो समयमा ३५० भन्दा बढि आधुनिक तथा लोकगितमा अभिनय गरिसकेकी उनी अहिले सबै डाइरेक्टर र गायक गायिकाको पहिलो रोजाइमा पर्छिन । सानै उमेर देखी नित्यमा रुचि भएकी उनी Slc दिए लगत्तै 16 बर्षको उमेरमा मोडलिङमा लाग्ने सोच बनाइन र लागीन हाल सम्म पनि उनी निकै चर्चाको शिखरमा रहेकी छन सरल अनि आकर्षक करिष्मा गित सङ्गित र खेलकुदमा विशेष रुचि राख्छिन। उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो पञ्चेवाजामा तयार पारिएको गित” बाग्लुङ बजार” हो। यहि भिडियो मार्फत उनले यो क्षेत्रमा पाइला चालेकी हुन।जुन गित बर्ष २०७२ सालमा आएको थियो त्यसपछी तिजको सेल्फी खिचौला भन्ने गितले उनलाइ सबै सामु परिचित गरायो सेल्फी गितको सफलता बाट नै उनको चर्चा एकाएक साँगितक बजारमा चर्चाको शिखरमा पुग्न थाल्यो । मोडलिङमा आउन परिवार बाट कत्तिको सहयोग मिल्यो भन्ने हाम्रो प्रश्नमा उनले भनिन” परिवारले मलाई एकदम सहयोग गर्नु भो कुनै रोकतोक गर्नुभएन मेरो आफ्नै सानो बाबा चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल उहाँ ले धेरै नै सहयोग गर्नु भयो यहाँ सम्म आइपुग्न उहाकै कारणले आज म यहाँ सम्म आइपुगेको छु वसन्त थापा दाजु को पनि ठूलो हात छ सबैको माया र हौसलाले आज यहाँ सम्म आइपुगेको छु हरेक क्षेत्रमा पारिवारिक सहयोग चाहिन्छ अनि सफल भैइन्छ”उनले भनिन ।उनले आफु कसैको प्रेममा नपरेको र आफनो करियरको र काममा कसरी सफल बन्न सकिन्छ भन्ने विषयमा सधै लागी परेको बताएकी छन ।

तपाईको प्रतिक्रिया