रोशन पोखरेल , काठमान्डौँ फागुन १६
प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा भुपेन्द्र धर्ति मगर र सुरेन श्रेष्ठको लोक दोहोरी ” जोगी बनेर “गितको भिडियो बजारमा आएको छ । मायामा परेका प्रेमी प्रेमिकाहरुको भावनालाई शब्द चित्र मार्फत ब्यक्त गरिएको छ । आफनी प्रेमिकालाई भेटनको लागी जोगिको भेषमा आउने कुरा गायक दिपक थापा मगरले गरेका छन । मायालुलाई भेटन र मायाको आभाष दिलाउनको लागी आफु गाउँ समाजलाई छल्नको लागी जोगिको भेषमा आउने कुरा राखेका छन । भुपेन्द्र धर्ति मगरको शब्द दिपक थापा मगरको संगितमा रहेको गितलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा गायकले लिएको बताएका छन ।। अहिलेका निकै ब्यस्त मोडल करिष्मा ढकाल र सुरेन श्रेष्ठको अभिनय रहेको छ । गितको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन, किरण चेसिरको छायाँकन र रमित ओलीको सम्पादन रहेको छ ।

गितको भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया