राजु बोहरा–काठमाडौँ । जिबनमा कहिले काँही यस्तो आंधी हुरी आइदिन्छ, कि त्यो आंधि हुरीको बेगले जीवनका सारा सर्वस्व नै हरण गरिदिन्छ हो । यस्तै आंधी हुरी धादिङ जिल्ला महदेब स्थान ९ का दिपक लामाको जिबनमा आइपरेको छ । हुन यस्तो आंधी हुरी हरेक मानिसले सहन पर्ने हुन्छ तर पनि कहाँ सजिलै भुल्न सकिँदो रहेछ र ! कथा एउटा गीतको हो , त्यो गीत पनि दिपक लामाको यथार्थता संग सम्बन्धित रहेको छ । दिपकले आफ्नो आमाको निधनलाई सहन नसकी एउटा गीत मार्फत मन भुलाउने कोसिस गरेका छन् ।उनले अन्यकौ उपचार गर्दा पनि आफ्नी आमालाई बचाउन नसकेको यथार्थतालाई गीतको माध्यम बाट पस्किएका छन् ।

लोक तथा दोहोरी गीतको बिशेषता पनि सामाजिक यथार्थता हो । त्यसैले समाजमा भए गरेका वास्तविकतालाई गीत मार्फत उन्नु नै कुनै गीतको सहि सुगन्ध हुन आउँछ । सिर्जना डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गीत “आमा नहुँदा” नामको साथमा सार्बजनिक भएको हो । कोपिला छिनाल र दिपक लामाको स्वर लहरी द्वारा सुसजित यस गीतलाई लय मनोज बाख्खोले ले तयार पारेका हुन् भने शब्द रमेश बाबुको रहेको छ ।

गीतको यथार्थता जस्तै म्युजिक भिडियोलाई पनि जिबन्त दिने प्रयास गरिएको छ । भिडियोमा रमा थपलिया, सुदिप , सुजाता र बिजयको घत लाग्दो अभिनय देख्न सकिन्छ । एकिन्द्र सारा शंकर द्वारा निर्देशित भिडियोलाई छायांकन करण चैंसिरले र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया