राजु बोहरा–काठमाडौँ । नेपाली लो तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । यसरी कलाकारहरु आफ्ना गीत संगीतका उत्पादनहरु बजारमा ल्याईरहंदा अहिलेका श्रोता एवं दर्शकहरुको चाहना लाई पनि मध्य नजर राख्नु पर्ने आजको आवस्यकता बनिसकेको छ ।

सोहि क्रममा श्रोता तथा दर्शकहरुको चाहना कस्तो गीतमा छ त भन्ने कुरालाई पनि बुझ्दै पुजा म्युजिक प्रालिले एक निकै उत्कृष्ट उत्पादन भर्खरै बजारमा ल्याएको छ । उक्त गीत “हाँसेकै राम्रो छ” नाम मा भुवन चौलागाईं र रिता हुमागाईको संयुक्त प्रस्तुतिमा बजारमा आएको छ । यस गीतलाई है सानु, चन्चले यो मन , ढाका टोपी ढल्काई, सेतो घोडा लगाएतका लोक दोहोरी गीतहरु बाट ख्याती कमाएका गायक एवं सर्जक गोकुल राउतको लय तथा शब्द सिर्जना रहेको छ ।

निकै रोमान्चक धारमा तयार भएको यस गीतमा गोकुल राउत, भुवन चौलागाई , पार्वती कार्की र रिता हुमागाईंको सुमधुर स्वर रहेको छ । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियो निर्माण गरेर पुजा म्युजिक प्रालिले सार्बजनिक गरिसकेको छ । भिडियोमा भुवन चौलागाईं र रिता हुमागाईंको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक हेर्दा निकै खर्चालु ढंग बाट भिडियो निर्माण गरिएको अड्कल काट्न सकिन्छ । अजय स्यान्ग्तान द्वारा निर्देशित भिडियोलाई सम्पादन पनि अजयले नै गरेका हुन् भने छायांकन चक्र महर्जनले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया