रोशन पोखरेल , काठमान्डौँ , फागुन २६
पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा रुक्मेली नव सर्जक रमेश ओली र रिमाल मगरको संयुक्त्त एल्बम “पदेशीको पिडा भाग २ दिदि” गीत बहुचर्चित गायिका तुलसी धर्ति मगर र गायकहरु हिमाल केसी र यमराज कवरको सुमधुर आवाज रहेको अर्काे मार्मिक दोहोरी गीत “पदेशीको पिडा भाग २ दिदि” सार्वजनिक भएको छ । रमेश ओलीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको गीतमा पदेशी भुमिमा नेपालीहरुले भोग्नुपरेको पिडालाई मौलिक भाकाका साथमा समावेश गरिएको छ । “पदेशीको पिडा भाग २ दिदि”मा संगित संयोजन भद्र नकलले गरेका छन । दिदि भाईको वार्तालापलाई गीतको विषयवस्तुको रुपमा चित्रण गरिएको छ । खाडि मुलुकमा दुख गरेर परिवारका सदस्यलाई पैसा पठाउन लाग्दा विच वाटोमा चोरी पर्दाको पिडा र मरुभुमि ठाउँमा पाएको पिडालाई निकै कलात्मक ढगंबाट गितमा समावेश गरिएको छ ।
रमेश ओली र याम कवरको मुख्य अभिनय रहेको छ भने उनलाई सोनिया विष्टले साथ दिएकी छिन । अधिनायक मान शेरचनले सम्पादन गरेको भिडियोलाई कमल संसारले निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस ः–

तपाईको प्रतिक्रिया