अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा लुमेरी इन्टरनेसनलको आयोजनामा संचालन हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उक्त प्रतियोगिता अन्तर्गतको मिसेस एशिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन् ।

गोमा र विन्दु दुवै जनाको सहभागिताको अवसर र व्यवस्थापन अमेजन ईन्टरटेन्मेन्टले र संयोजन नेपालका लागि ड्रिम सर्च एजेन्सीले गरेको हो । प्रतिस्प्रधाका लागि कोरियोग्राफर हिमानी सुब्बाले आबश्यक प्रशिक्षण दिनुभएको छ भने फिजिकल फिट्नेसमा गुडलाईफ फिटनेस सेन्टर र नृत्य प्रशिक्षणमा प्रतिक्षा मुभीजका नृत्य निर्देशक एलेक्स महर्जनले आबश्यक प्रशिक्षण दिनुभएको छ । पोशाक संयोजन नेपाल रिमेडिज प्रा.ली.ले गरेको छ भने आर्टिस्ट नेपालले फोटो तथा भिडियोमा आबश्यक सहयोग गरेको छ ।

नेपालको प्रतिनिधिबाट जाने प्रतियोगीहरुलाई आयोजकले सिङापुरमा राखी स्वागत गरी आगामी मार्च २४ मा मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासेफिक ग्लोबल २०१८ मा सहभागि हुनेछन । दुबै प्रतियोगी अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा भएको पाचौं संस्करणको मिसेस हिमालयन नेपाल २०१८ का बिजेता र उपबिजेता हुन । प्रतिनिधि गोमा अधिकारी मिसेस् हिमालयन २०१८ का विजेता हुन् । उनले सो प्रतिस्पर्धामा वेष्ट पर्सनालिटी र वेष्ट ड्रेस विधाको अवार्ड पनि जितेकी थिइन् । कुकिङ, भ्रमण तथा गार्डेनिङमा रुचि राख्ने ३९ वर्षिया गोमा समाज सेवामा सक्रिय रहँदै आएकी छिन् ।

मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि विन्दु लामा मिसेस् हिमालयन २०१८ का फस्ट रनर अप विजेता हुन् । उनले प्रतिस्पर्धामा मिसेस ईन्टिलिजेन्ट अवार्ड जितेकी थिइन् । नृत्य, गायन साथै नेपालका रमणिय ठाउँँहरुमा घुम्न रुची राख्ने तीस वर्षिया विन्दु नर्सिङ पेशामा आबद्ध भैसकेकी र सोही विषयमा मास्टर्स गर्ने तयारीमा रहेकी छिन् ।

तपाईको प्रतिक्रिया