विराटनगर , फागुन २६
पछिल्लो समय चर्चित गीतहरुलाई विभिन्न कलाकारहरुले आफनो आवाजमा कभर गीतको रुपमा बनाउने होड बाजी चलेको छ । आफु भन्दा अग्रज कलाकारहरुको गीतलाई आफनो आवाज मार्फत आम दर्शक तथा श्रोता माझँमा पुयाउनको लागी गायक गायिकाहरु निरन्तर रुपमा लागी परेका छन । दर्शक श्रोतालाई गीततर्फ आकर्षित गर्न गायक गायिकाले पनि कभर भिडियोको सहारा लिन थालेका छन् ।

यस्तै, गायिका जुना प्रसाईँ र गायक अमीत विष्टले पनि गीत ‘माया माया ‘’ को कभर भिडियोलाई आम दर्शक माझँमा ल्याएका छन । क्षितिज पौडेलको ऐरेन्ज , पवल चाम्लिङ राई रेकड्रिष्ट रहेको गितलाई शिशिर श्रेष्ठले निर्देशन गरेर तयार गरिएको माया माया ‘को भिडियो आइताबार बाट सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन ।

हिन्दी र नेपाली गीतलाई मिक्स गरेर तयार पारिएको गितमा आफुले गितको भाव र गितका सष्टाहरु प्रति केही हद सम्म भएपनि सम्मान गर्न सफल भएको गायिका जुनाले बताइन । ‘माया माया ‘’गीतलाई यस अगाडि मनिला सोताङ र गायक मिलन सिंह खत्री ले गाएका थिए । साथै गीतमा शब्द वि वि विश्वकर्मा र संगित रंञ्जित गजमेर को थियो । ‘माया माया ‘’ गीतमा हिन्दी गीत “लजा गले ”को केही शब्दहरु लिइएको छ ।

तपाईको प्रतिक्रिया