काठमाण्डौ, फागुन २९
झझल्को डिजिटलको प्रस्तुतिमा पर्वतको नाग्लिबाङगका को मौलिक रत्यौली गीत विवाहमा दुलाहा दुलहीको घरमा गएको अवस्थामा नेपाली दिदि बहिनी , आमाहरु भेला भएर गाउने मौलिक भाकालाई गीतको माध्यमबाट समेटेर गायक दिलिप रेग्मी र सुनिता सुनारको सुमधुर आवाजमा सजिएको निकै मार्मिक रत्यौली गीत “भुरुरु उडेको चरी ”बजारमा आएको छ । जिवन भोगाइको पिडालाई आपसी रुपमा रमाइलो पारामा ठट्यौली भाकामा रत्यौतिमा गाउने परम्परा हाल सम्मपनि नेपाली समाजमा रहेको छ । नेपाली समाजमा रहेको परम्परालाई जिवन्त राख्नको लागी भएपनि आफुले लोक पारखी मनका लागी रत्यौली भाकाको गीत बजारमा ल्याएको गायक दिलिपले बताए । प्रविन खत्रीको शब्द सृजनामा सुसजित गीतमा संगीत भने दिलिप रेग्मीको रहेको छ । दिलिप रेग्मी को निर्देशन र मनोज चौहानको छायांकन रहेको उक्त गीतमा अभिनय भने चर्चित मोडलहरु विमल अधिकारी , रिचा थापा मनिस पौडेल र स्वस्थिका खड्काले अभिनय गरेका हुन् । भिडियोको सम्पादन भने रमेश विकले गरेका हुन ।

“भुरुरु उडेको चरी ”को भिडियो हेर्नुहोस ः

तपाईको प्रतिक्रिया