काठमान्डौँ, चैत्र ३
नेपाली सागितिक क्षेत्रमा नेपाली कलालाई सम्मान गर्दै आएको देवी म्युजिक सोलुसनको प्रस्तुतीमा गायक खगेन्द्र पाइजा र गायिका टिका पुनको सुमधुर आवाजमा बाचा कसम गीत को भिडियो म्युजिक नेपाल मार्फत बजारमा आएको छ । मायालु प्रेमी प्रेमीकाले मायामा विश्वास घात गरेर अर्कैको आँगनीमा जादाँको पिडालाई गीत मार्फत मार्मिक रुपमा समेटिएको छ । अमर रोका मगरको शब्द तथा संगितमा तयार पारिएको भिडियो निकै मार्मिक र कारुणिक प्रकारको रहेको छ । बाचा कसम तोडेर पराईको भएको आफना प्रेमीको सम्झनामा आखाँभरी आशुँको भेल नसुकेको गायिकाले गीतमा भनेकी छन । । बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत दयाको भावहरु गीतमा समेटिएको छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौत्तमले गरेका छन । अविनास डिसीले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल विष्णु विक र रमिला आचार्यले अभिनय गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया