राजु बोहरा–काठमाडौँ । नेपाल सरकार बाट स्वदेशमा युवा स्वरोजगार को सुव्यवस्थ सुनिश्चित नहुँदा कयौं युवा शक्ति हरु पछिल्लो समय मा पर्देशीन बाध्य बनिरहेका छन् । तर यो भन्दैमा सबै नेपाल सरकार लाई मात्र दोष दिएर पनि हुँदैन । किन कि धेरै नेपालीहरु देखासेखिको कारण पनि दिन प्रतिदिन दोश्रो भूमिमा पुगेको यथार्थता लाई पनि हामीले नकार्नु हुँदैन । हो यस्तै तर वास्तविक गरिबीको कारण पर्देशिएका नेपालीको कथामा एक गीत भर्खरै बजारमा आएको छ । निशान्त बानियाको परस्तुतिमा बजारमा आएको यस गीतमा बाध्यताले परदेशिय पछी सधै आफ्नो घर परियार र स्वदेशको मायाले आँशुले आफ्नो पिर व्यथा धोएको कथा प्रस्तुत गरिएको छ । चर्चित गायक राजेन्द्र पाठक र टिका पुन को सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई अर्का प्रतिभावान कलाकार निराजन प्याकुरेलले लय तयार पारेका हुन् भने शब्द निशान्त बानियाको रहेको छ । निकै मर्मस्पर्सी गीतलाई अडियोको रुपमा अहिले संगीत सरोबरको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ भने भिडियो केहि समय पछी निर्माण भएर बजारमा आउने पनि निर्माण पक्षले जानकारी गराएको छ ।

निकै मर्मस्पर्सी गीत सुन्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया