‘रियालिटी सो’का नाममा ठग्ने धन्दा बढ्दो छ । केहि दिन अगाडि नेपाल आइडलमा पनि यस्तै बिवाद आएको थियो । ’डान्स नेपाल डान्स’ रियालिटी सो संचालन गरी विजेतालाई पुरस्कार नदिइएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले संञ्चालक विक्रम अछामीलाई गिरफ्तार गरेको हो ।

२९ वर्षिय विक्रमले भी एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र संचालन गरी ’डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटि सो चलाएका थिए । दिने भनिएको पुरस्कार राशी नदिएपछि ठगीमा उजुरी परेको थियो । उजुरीलगत्तै बुधवार उनलाई पक्राउ गरिएको महाशाखा एसपी नरेन्द्र उप्रेतीले बताए ।

भिडियोमा पुरा हेर्नुहोस 

तपाईको प्रतिक्रिया