आर पोखरेल , विराटनगर , चैत ५
अनिल तामाङको आवाजमा रहेको ‘पोखरा फेवातालैमा’ गीतको भिडियो बजारमा आएको छ । पुवेर्ली सर्जक तेजकुमार खबासको शव्द तथा संगीत रहेको गीतको भिडियो पोखराको फेवाताल आसपास खिचिएको खबासले बताए । गीतको एरेञ्ज नरेन्द्र बियोगीले गरेका छन् भने केशव अधिकारीले भिडियो खिचेका छन् । शङ्कर अधिकारी घायलले निर्देशन गरेको भिडियोमा राजन महर्जनले कोरियोग्राफी गरेका छन् ।प्रेम शर्मा पौडेलले सम्पादन गरेको उक्त भिडियो हाइलाइट म्यूजिकले बजारमा ल्याएको हो । गीतलाई निकै राम्रो सगँ प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा मेलिना राई, बिनोद लामा,सौरभ,राजु, रामशरण र येमनलगायको नृत्य तथा अभिनय रहेको छ

भिडियो हेर्न तल क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया