यतिबेला प्रतिभाशाली गायिका टिका गुरुङ्को स्वरमा ल्हासाको सुन निकै हिट बनिरहेको छ् ।

म्हेन्दोमाया, आधुनिक्, सेलो गरी दर्जनौ गीतमा स्वर दिइसक्नु भएकी गायिका टिका गुरुङ यो म्युजिक भिडियोबाट पाएको प्रतिकृयाले आफु निकै उत्सहित रहेको बताउछिन । उनिद्वारा स्वरबद्ध अर्को आधुनिक गीत चोट लाग्यो जिन्दगीमा को पनि भिडियो चाडै आउने क्रममा रहेको बताइन ।

गीतमा शब्द/सङ्गित युवा पुस्ताका चर्चित सङ्गितकार आर. बि लामाको भने संगित संयोजन कुमार लामाको रहेको छ् । सबै बिधाको गीतहरु संगीत गर्न पोख्त संगीतकार आर.बि. लामाले करिब दुई सय गीतमा संगीत भरिसकेका गीतहरु मध्ये विश्व नेपालीको स्वरमा रहेको “तिम्ले धोका दिएपछी”, मेलिना राईको “धोका दिई जाने माया” ,शिव परियारको “तिमी हेरिराख”, दीपा लामाको “यति धेरै माया लाग्छ”, दीपक लिम्बुको “गरिब भनी हेला नगर”, प्रेम लामाको “बगिजाने खोला हजुर”, पुजा तामाङ्को “सिन्धु त पाल्चोक”, कोष बोम्जनको “हिउँ त झर्ने” आँफैले गाएका “मज्जा बेग्लै छ” उनले गरेका संगीतको चर्चित गीतहरुमा पर्दछन ।

गीतको भाबलाई विशेष ध्यानमा राखी बनाइएको उक्त म्युजिक भिडियोमा अहिले चर्चित मोडल कमल सिंङ , सरिता थोकर , स्रिश्टी र महेश को जोदडार अभिनय रहेको छ् भने भिडियोलाई छायाङ्कन स्टमान वाइबाले (लामा भाई) र निर्देशन् र सम्पादन राज किङ वाइबाले गरेका छन ।

 

तपाईको प्रतिक्रिया