यो मुलुकमा स्थानीय प्रतिनिधीदेखि प्रधानमन्त्रीसम्मलाई देशमा रेल नै ल्याउनु छ । मोनोरेल, मेट्रो रेल, पुर्व पश्चिम रेल, चिनको रेल, भारतको रेल ।

विकास भनेकै रेल हो जस्तो गरी सबका सब किन रेलकै पछि लागेका हुन् बुझ्न गाह्रो भयो । देशमा रेल ल्याउँछु भनेको कुरालाई गफ भन्न चाहेको होइन ।

आजको जमानामा सिंगो मुलुकले जाबो एउटा रेल पनि बनाउन नसक्ने कुरै आउँदैन । केही महिना अघिको कुरा हो चाइनाको ननलङग रेलवे स्टेशन १५ सय जना मिलेर ९ घण्टामा बनाए ।

साँझ ६ः३० मा शुरुभएको काम विहान ३ः३० मा सकियो । औजार, उपकरण, जनशक्ति भएर मात्र होइन इच्छा शक्ति पनि चाहिन्छ । सिस्टम नै भद्रगोल भएको हाम्रो जस्तो मुलुकमा ठ्याक्कै यति बर्षमा रेल नै चाहिन्छ भन्ने छैन ।

ल ६ महिनामा रेल बन्यो रे भनेपनि त्यसका लागि आवश्यक सिस्टम, प्राविधिक, निती, आदी चाहिँदैन ? जाबो २५÷३० किलोमिटर बाटो बनाउन त एउटा जेनेरेनशनकै जीन्दगी खेर जाने सिष्टम भएको ठाँउमा रेल प्राथमिकतामा पर्दैन, आए राम्रो, चढौँला ।

देशको राजधानीका सडकहरुमा धुलो उठेको र खाल्डो भएको कति बर्ष भो ? बर्खा याममा हिड्नु र गुड्नु भन्दा धान रोप्नु फाइदा हुने सडकका बारेमा बोलौन ।source :- news24nepal

तपाईको प्रतिक्रिया