काठमाडौं । आम मानिसमा छिटो चिनिने क्षेत्र हो कलाकारिता । त्यसैले गर्दा पनि रुपवान हरेक युवा युवतीको पहिलो रोजाईको क्षेत्र बन्ने गरेको छ । भलै स्थापित हुन सक्ने या नसक्ने त्यो भविष्यकै गर्भमा छोडौं । आकर्षण भने बढेको बढेकै छ । यस्तै कलाकारिता क्षेत्र प्रति आकर्षित युवती हुन् कोपिला अधिकारी ।

उनको जन्म २०४८ सालमा धादिङ जिल्लामा भएको भएता पनि बाल्यकाल भने चितवनमा बित्यो । सानो उमेरदेखि नै कलाकार बन्ने सपना बोकेर हिडेकी कोपिलाको सपना अहिले आएर साकार भएको छ ।

करिब १ बर्ष अघि मात्र काठमाडौँ आएकी कोपिलाले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन । हाल उनि टिभी टुडेबाट प्रसारण भैरहेको हाँस्य टेलिफिल्म उपद्रो र ढुक्कमा अभिनय गरिरहेकी छिन ।

उनले भबिस्यमा यहीँ क्षेत्रमा दिलो ज्यान दिएर लागी पर्ने तथा सफलता हासिल गरेरै छोड्ने लक्ष्य लिएकी छिन् ।

तपाईको प्रतिक्रिया