मोहन बिरही सिपाली, कतार
बागलुङ सेवा समाज दोहा कतारले मार्च महिनाको अन्तिम शुक्रबार ३० तारिक का दिन कतारको दोहा स्थित गल्फ होराईजन होटेल मा बाग्लुङ सेवा समाज दोहा कतारको दशौ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । बाग्लुङ बासीको चाहना स्वदेशमा शान्तिको नाम दिएर सो कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । नेपालका चर्चित लोक गायक वशन्त थापा ,गायिका शान्तिश्री परियार र गायक तथा उद्घोषक खगेन्द्र बिस्वकर्माले विभिन्न आफना रचना मार्फत कार्यक्रममा बेजोड प्रस्तुती रहने साथै कतारमा रहेका स्थानिय नेपाली कलाकार देविका केसी , युवराज छ्न्त्याल ,रीतकुमार)श्रेष्ठ को ब्याजोड प्रस्तुती रहने कार्यक्रम समोजक रमेश भट्ट ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया