चैत १८, काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपाललाई रेकर्डिङ प्रणालीमा समेत समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा सचिव अधिकारीले सो कुरा बताउनुभएको हो ।

“निजी क्षेत्रबाट विभिन्न रेकर्डिङ स्टुडियो खुलिरहँदा रेडियो नेपाललाई चुनौती बढिरहेको छ”, अधिकारीले भन्नुभयो । रेडियो नेपालका अध्यक्षसमेत रहनुभएका सचिव अधिकारीले यो प्रतियोगिता विगत ५६ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले देशका सातैवटा प्रदेशको प्रतिनिधित्व हुनेगरी प्रत्येक प्रदेशबाट तीन÷तीन जनालाई प्रतियोगितामा सहभागी गराइएको जानकारी दिनुभयो । रेडियो नेपालभित्र संगीतको रेकर्डिङका लागि केही दिनभित्रै नयाँ स्टुडियो सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया