राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्रको लागि अवरात्र खटी रहेको मेशना डिजिटल प्रालिले फेरी अर्को मन छुने गीत बजारमा पस्किएको छ । त्यसो त यस म्युजिक प्रालिले सार्बजनिक गरेको हरेक गीत उत्कृष्ट र कर्णप्रिय भएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्ने नै गरेको छ । यस पटक गोपाल सुनारको प्रस्तुतिमा बजारमा आएको “सात फेरो” बोलको गीतले पनि अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्नेमा यस मेशना डिजिटल म्युजिक प्रालिका प्रबन्ध निर्देशक रोशन परियार ढुक्क रहेका छन् । रोशन मात्र होइन यस गीतलाई तयार पर्न जहाँ र जसरी योगदान पुर्याउने हुने सम्पूर्ण कलाकारहरु पनि गीतले सफलता पाउने ढुक्क रहेका छन् । प्रस्तुत गीतमा अहिले कि बहुचर्चित गायिका बिष्णु माझीको निकै कर्णप्रिय स्वर रहेको छ । बिष्णुको साथमा सांगीतिक क्षेत्रको उज्वाल्ताको बाटो कोर्दै आएका बिजय परियारको पनि निकै दमदार स्वर लहरी यस गीतले पाएको छ । नेत्र अर्यालको शब्द सिर्जना र खेम सेन्चुरीलो लय सृजनाले भरिएको संयोगान्त प्रेम कथामा आधारित यस गीतको म्युजिक भिडियोमा रन्जिता गुरुङ र ओबी रायमाझीको जिबन्त अभिनय सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया