यस चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँ पन ल्याउन सक्ने देखिन्छ । अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । जसका कारण नेपाली समुदायमा हुने विभिन्न खाले घटनाको बास्तविक रुप उतार्न खोजिएको छ । सामाजिक सञ्जाल फेसुबुकले युवा पुस्तामा ल्याएको बिकृति र विसंगीलाई यस चलचित्रले उठन गरेको छ ।

रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा बनेको यो चलचित्रमा अर्जुन खडका, सनी सुनवार, सुस्मिता बुर्लाकोटी, सृष्टि भण्डारी, शोभा भण्डारी, यमन माझी,कमल फुयाँल , सरीता दोङ लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ । दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ

तपाईको प्रतिक्रिया