राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल युवा पुस्ता माझ लोक प्रिय बन्दै गरेका इलाम नयाँबजारका गायक कृष्ण बि भट्टराईको ‘बुढापाकाले‘’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उनको स्वरमा यस अगी कुल–कुल , बबाल छ बोलको गीत लगाएत करिब एक दर्शन भन्दा बढी गीतहरु बजारमा आइसाकेका छन् । यस लगत्तै गायक भट्टराईले केहि दिन अगी मात्रै आफ्नै युट्युब च्यानल ‘जीके ईन्टरटेन्टमेन्ट’ मार्फत “बुढापाकाले” बोलको गीतको ‘लिरिकल’ भिडियो सार्वजनिक गरेका छन् ।

सार्बजनिक भएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको तर्फबाट’ कृष्ण बि भट्टराईले सामाजिक यथार्थ संग सम्बन्धित यस गीतलाई बजारमा पठाएकोमा स्याबासी पाएका छन् । हाललाई ‘लिरिकल’ भिडियोको रुपमा मात्र सार्बजनिक गरिएको यस गीतलाई छिट्टै भिडियो निर्माण गरिने कुराको पनि जानकारी प्राप्त भएको छ । सार्बजनिक गरिएको गीतलाई शब्द रचना सञ्जय बरालले भरेका छन् भने संगीत शिखर सन्तोषको रहेको छ ।

मिलेसम्म मिल्नु भन्छन् बुढापाकाले, अझ के–के देख्नुपर्छ दुईटा आँखाले‘ । हिजो आज बजारमा बिकिरहेको चल्तीका शब्दहरु भन्दा निकै पृथक शब्द रचना र गीतको भावको गाम्भीर्यताले श्रोता तथा दर्शकहरुको मन जित्ने छ भन्ने बिश्वास लिएको गायक भट्टराई बताउँछन् । यस गीतले सत्य कुरा भन्दा झुटो कुरालाई वढी र छिटो विश्वास मान्ने जमाना आएको भन्दै यो गीतले ‘ईमान झुक्छ बैमान टिक्छ’ भनेर बुढापाकाले भन्छन् भन्दै पछिल्लो समयमा मौलाउँदो विक्रितिलाई तीखो ब्यंग्य गरेको छ ।

‘लिरिकल’ भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया