काठमाडौं ।  ‘हैट’ उपनामले चिनिने कलाकार बुद्धि तामाङको ब्यस्तता पछिल्ला वर्षहरुमा अत्याधिक वढ्दो छ । भर्खरै मात्र चलचित्र ‘जय भोले’को छायाकंन सकेर काठमाडौं फर्केका बुद्धिका ‘नेप्टे’, ‘भैरे’ लगायतका चलचित्र प्रदर्शनको तयारीमा छन् । हालसम्म २ दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका बुद्धिका एक दर्जन बढी चलचित्र प्रदर्शनमा आईसकेका छन् ।

एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका बुद्धिसामु एउटा आरोप लाग्ने गरेको छ–राम्रो चलचित्र छान्न नसक्नु । उनि हरेक क्यारेक्टरमा अभिनय गर्न आफूलाई लोभ लाग्ने हुनाले धेरै चलचित्रमा काम गरिरहेको बताउँछन् । ‘मलाई नै लाज लागिरहेको छ कि मैले यति धेरै चलचित्र गरे भनेर,’ अन्तर्वाताका क्रममा बुद्धिले भनेका छन् ‘मैले चलचित्र छान्न नसकेकै हो । हरेक चलचित्रको क्यारेक्टरको लोभ लाग्छ ।’ त्यो बाहेक सम्बन्धका कारण पनि चलचित्रहरुमा काम गर्नुपर्ने बाध्यता रहेको बुद्धि खुलाउँछन् ।

अन्तर्वाताका क्रममा उनले एक वर्षको अन्तरातमा १५ चलचित्रबाट ७५ लाख रुपैयाँ कमाएको स्विकार गर्दै कमाउने भन्दा बचतले महत्व राख्ने बताएका छन् ।

त्यो बाहेक उनले आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने उनि अभिनित चलचित्र ‘नेप्टे’का बारेमा बोलेका छन् ।

तपाईको प्रतिक्रिया