आर पोखरेल , काठमान्डौँ – लोक दोहोरी संगीत प्रतिको मोह र आफनो परम्परालाई जर्गेना गर्नको लागी आजको विषम परिस्थीतीमा पनि निरन्तर रुपमा सष्टा तथा सर्जकहरु लागी गर्नुभएको छ । यसै क्रममा पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक निर्मल केसी र गायिका तुलसी धर्तिको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘घाती’ युटुव मार्फत बजारमा आएको छ ।
नेपाली जनजिव्रोमा र ग्रामिण क्षेत्रमा रहेका भाकालाई संरक्षण गर्ने कार्यमा यस प्रकारका गीतको ठुलो भुमिका रहेको छ । विछोडका भाकालाई मन बुझाउने माध्यम बनाएर पोखिने बेदनाले आफनै दुखको आभाष दिलाउने काम गर्दछ । शब्द तथा भद्र नकलको लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियोलाई मान सिंह खड्काले निर्देशन गरेका छन् । ‘ गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन रमित ओलीले गरेका छन । भिडियोमा सारिका केसी र उमङग श्रेष्ठको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया