राजु बोहरा–काठमाडौँ । नयाँ बर्ष २०७५ सालको शुभकामना सहित भावगंगा डिजिटल प्रालिले अहिले सम्म कै फरक एक लोक दोहोरी गीतलाई भर्खरै बजारमा ल्याएको छ । हरेक मानिसको चाहना हुन्छ नयाँ बर्षको शुभारम्भमा कुनै राम्रो काम गरेर बर्षको सुरुवात गरौँ ‘ सोहि अनुरुप प्रेमिका लुइँटेल र संजय परियारले “छैन होसैमा” बोलको गीत पस्किएर यो बर्षको सुरुवात गरेका छन् । उनीहरु द्वय द्वारा प्रकासनमा आएको यस गीतले साच्चै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अशंख्य श्रोता एवं दर्शकहरुलाई फेरी नयाँ स्वाद चखाउने प्रयत्न भएको छ ।

चिच्याएर मात्र गीत बन्दैन’ कुनै आफ्नो सिर्जना गतिलो होस् भन्ने चाहन सबैको हुन्छ , यसै कारण राम्रो कामको सबैले अनुसरण गर्दै त्यसकै पछी लाग्नेहरुको कमि पनि हाम्रो संगीत क्षेत्रमा छैन । त्यसैले आउदा दिनहरुमा यस्ता गीतहरु पो संगीत पारखीहरुले मन पराउने रहेछन भन्दै यहि धारका गीतहरु पनि प्रसस्त मात्रामा बजारमा नआउलान भन्न सकिंदैन ।

प्रस्तुत गीतमा बिष्णु माझी र संजय परियारको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय एकनारायण भण्डारी र शब्द प्रह्लाद सुबेदीको रहेको छ । स्वर लय र शब्दको पक्ष निकै बलियो बनेको यस गीतको म्युजिक भिडियोमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै उच्च स्थान बनाउन सफल बनेका गायक कुलेंद्र बिस्वकर्माको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

भिडियोलाई हेर्दा अब नेपाली लोक तथा दोहोरी गीत संगीतको गायन पाटोलाई अलि पर राखेर गायक कुलेंद्र मोडलको भूमिका तिर पो अग्रपंतिमा रहने हुन् कि’ भन्ने सबैमा कौतुहलता रहन सक्दछ’ किन कि कुनै ब्यवसाहिक मोडलको तुलतानामा उनले कतै बाट पनि आफ्नो अभिनयमा खोट लगाउन नमिल्ने गरेर आफ्नो भूमिका निर्वाह गरेका छन् ।

कुलेंद्र संगै प्रेमिका लुइँटेल र मनिष पौडेलको पनि यस गीतको म्युजिक भिडियोमा शसक्त अभिनय रहेको छ । उनीहरुको अभिनयले पनि गीतलाई न्याय दिन सफल भएको छ । “छैन होसैमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन पछिल्लो समयमा धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशन दिलिप रेग्मीको रहेको छ भने छायांकन दुर्गा पौडेल र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया